Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

प्रहरी हत्यामा संलग्न एक जना पक्राउ

प्रहरी हत्यामा संलग्न एक जना पक्राउ

  • काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक सञ्जालका विभिन्न फुटेजको अध्ययनका आधारमा पहिचान भएका विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा क्यापफाकी नै प्रहरी हत्यामा संलग्न रहेको ठहर भएको हो ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसर, भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार उक्त घटनाको थप अनुसन्धान जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij