Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटवार्ताको क्रममा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको कार्यालयका अधिकृतहरूले बताएका छन् । जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गरेका थिए । जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij