Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा दम्पती डिस्चार्ज हुँदै

देउवा दम्पती डिस्चार्ज हुँदै

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए ।

    AGNI GROUP

    डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले बताए । ‘सानेपा र जावलाखेलमध्ये एक ठाउँमा हुन्छ’, उनले भने, ‘उहाँहरूलाई जहाँ उपयुक्त लाग्छ, त्यहीँ जानुहुन्छ ।’

    बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

    स्रोतका अनुसार, जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पार्टीका नेताहरूले दिएका छन् ।

    प्रदर्शनकारीले गरेको दुर्व्यवहारका क्रममा सभापति देउवाको गर्धनमा आठ वटा टाका लगाइएको थियो । डा.राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरूलाई डिस्चार्ज दिन लागेको स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij