Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

  • काठमाडौं । पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ । हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पु¥याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए। उनका साथ अन्य नामहरू पनि सिफारिसमा परे तापनि भण्डारी सबैभन्दा अगाडि परेका छन् ।

    AGNI GROUP

    सदस्य–सचिव पदमा नियुक्त भएपछि उनले कोषका नीतिगत, आर्थिक तथा प्रशासनिक कार्यहरूको संयोजन गर्ने, समितिका बैठक एजेण्डा तयारी गर्ने र कार्यान्वयन सुनिश्चित गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन गर्ने तथा आवश्यक प्रतिवेदन समितिमा पेस गर्ने जिम्मेवारी पाउनेछन् ।

    कतारमा रहँदा उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको विभिन्न पदमा रहेर सफल कार्यकाल बिताएका थिए । त्यहाँ रहँदा उनले नेपाली समुदायलाई एकताबद्ध बनाउन, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न र श्रमिक अधिकारको संरक्षणमा सक्रिय भूमिका खेलेका थिए। यसै कारण भण्डारीलाई ‘आशालाग्दो युवा समाजसेवी’ को रूपमा हेरिन्छ ।

    सिफारिसमा परेको विषयमा भण्डारीले प्रतिक्रिया दिँदै आफूलाई जिम्मेवारी दिने हो भने पशुपति विकास कोषलाई पारदर्शी व्यवस्थापन, आधुनिक प्रविधिको उपयोग, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण र तीर्थयात्रीमैत्री सुविधा विस्तारमार्फत नमुना संस्थामा रूपान्तरण गर्ने संकल्प व्यक्त गरेका छन । उनले पशुपतिमार्फत धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

    पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न कोषको भूमिका महत्वपूर्ण हुने भएकाले भण्डारीको नाम सिफारिसलाई विभिन्न तहमा सकारात्मक दृष्टिले हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij