Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एक युवक सम्पर्कबिहीन , तीनजना साथीलाई प्रहरीले लियो नियन्त्रणमा

एक युवक सम्पर्कबिहीन , तीनजना साथीलाई प्रहरीले लियो नियन्त्रणमा

  • काठमाडौं । सँगै रहेका मध्य एक जना सम्पर्कविहीन भएपछि प्रहरीले तीन जना उनका साथीहरुलाई सोधपुछ गरिरहेको छ । धनगढीका ३५ वर्षीय वीरेन्द्र चन्द रातिदेखि सम्पर्क बिहिन छन् ।

    onlinepatrika
    Arghakhachi

    कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले वीरेन्द्रको मोबाइल स्वीच अफ रहेको र हालसम्म पनि सम्पर्कबिहीन भएपछि सोधपुछ गरिएको बताए । 

    AGNI GROUP

    उनी सम्पर्कबिहीन भएपछि गएराति सँगै रहेका धनगढी उपमहानगरपालिका गोदावरी बस्ने उनका तीन साथीहरु विनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    ‘चन्दको परिवारको सूचनाका आधारमा गएराति संगै रहेका तीन जना साथी माथि सोधपुछ भइ रहेको छ,’ डिएसपी सिंहले भने ‘ प्रहरीको नियन्त्रणमा रहेका तीनै जनाले चन्द घर जान्छु भनेर गएको  भनेका छन् ।’ प्रहरी स्रोतका अनुसार दसैंको अवसरमा चार जना साथीले गएराति सँगै मदिरा सेवन गरेका थिए ।

    तर, चारमध्ये चन्द हालसम्म पनि सम्पर्कमा नआएको तथा मोबाइमा पनि सम्पर्क हुन नसकेको डिएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले चन्दको खोजी कार्यपनि जारी राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij