Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोदावरीमा साधुको ढुङ्गाले हानेर हत्या

गोदावरीमा साधुको ढुङ्गाले हानेर हत्या

  • काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-४ चुनेपानीमा एक जना साधुको हत्या गरिएको छ । चुनेपानीमा रहेको लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु अर्थात् भगत रामनारायण डगौराको हत्या भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बुधवार अन्दाजी साढे बाह्र बजे राति साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ । लक्ष्मीनारायण मन्दिरका तर्फबाट जाहेरी दर्ता भएको हो ।

    मृतक भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनाराण मन्दिरको बगैँचा रहेको स्थानमा कुटी बनाएर बस्दै आएका थिए । मलाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij