Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

  • काठमाडौँ । लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ ।

    onlinepatrika
    Arghakhachi

    सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ । बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।

    AGNI GROUP

    रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन । तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ । बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ । 

    यता, माईखोला ९राजदुवाली० सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ । सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरुले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

    मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटार लगायत ठाउँमा ठूला अवरोध छन् । मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij