Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक केहि बेरअघि शुरु भएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
बैठकमा असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ । भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक बसेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij