Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशीला कार्कीको नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभइ प्रतिशोधको परम्परा भएको बताए ।
उनले भने, ‘सुशीला कार्कीको नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको छ । गृहमन्त्रीको निर्देशन नेपाली परम्परा अनुसार छैन् । प्रतिशोधनको परम्परा हो भन्ने कुरा हामीले बुझ्नु पर्छ ।’ यस्तै, उनले भदौ २३ गतेको घटनामा अध्यक्ष आफै बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कु–प्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको बताए ।
उनले भने, ‘केपी शर्मा ओलीमाथि निरन्तर हमला भइरहेको छ ।
भदौ २३ गतेको घटनामा अध्यक्ष आफैं बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको प्रचार गर्ने कु–प्रयासहरु भइरहेको छ । नेपालको इतिहासको विभिन्न कालखण्डहरुमा राज्य र विद्रोहीहरुको बीचमा लडाई भएको समयमा, मानवीय क्षति भएको बेला कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? आज हाम्रो समाजमा जुन प्रकारको घृणाको राजनीति भइरहेको छ, त्यो हाम्रो परम्परा हो ?’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij