Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलले विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दियो- परराष्ट्र मन्त्रालय

इजरायलले विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दियो- परराष्ट्र मन्त्रालय

  • काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलले विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले सोमबार इजरायलको स्थानीय समय अनुसार बिहान ७: ३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको हो । 

    AGNI GROUP

    जोशीको रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको उल्लेख गर्दै हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट