Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

    AGNI GROUP

    साथै देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै  हुने बताएका छन् । 

    देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् ।

    आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij