Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुरको धापाखेल र भक्तपुरको सूर्यविनायकमा एक एक जना शव फेला परेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने २८ वर्षीय अविज्ञमान श्रेष्ठ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै, भक्तपुरको सूर्यविनायक नगरपालिक ५ घलाते बस्ने ४० वर्षीया कल्पना श्रेष्ठ आफ्नै टहरोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij