Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

  • काठमाडौं । बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहिबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलीएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए ।

    AGNI GROUP

    युवक कसरी सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ । पोष्टमार्टम पश्चात् युवकको शव आफन्तको जिम्मा लगाइने छ । युवकको परिवारका सदस्यहरू बिहिबार नै बहराइच पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij