Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल प्रहरीले ८५ वटा गाडी किन्न आह्वान गर्‍यो टेण्डर

नेपाल प्रहरीले ८५ वटा गाडी किन्न आह्वान गर्‍यो टेण्डर

  • काठमाडौं । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सूचनाअनुसार प्रहरीले पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअफ गाडी खरिद गर्न लागेको हो । टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन् ।

    AGNI GROUP

    विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ । प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन् ।

    टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेस गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने उल्लेख गरिएको छ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा प्रहरीको गाडी जलाइदिएका थिए ।

    ‍त्यसपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने तय भइसकेको छ । निर्वाचन आयोगले प्रहरीलाई गाडी किनिदिनका लागि आग्रह समेत गरेको थियो ।

    invitation_for_bids_2082-06-30-1-1760673689.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij