Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । प्रहरीले तनहुँ, कञ्चनपुर, दाङ र सप्तरीबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ गरेको छ । तनहुँ, भानु नगरपालिका विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार १ सय ४५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज परियार समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार १ सय ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका(४ लक्ष्मीपुर बस्ने राजेश कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका बस्ने श्रीधर पाण्डे समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरूप नगरपालिका बस्ने किरण कुमार चौधरीको माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij