Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

  • काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    onlinepatrika
    Arghakhachi

    बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल काठमाण्डौँको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई,  बा  ५ ख ७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सिताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस चालक काठमाडौँको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जनलाई काठमाडौँको बाफलबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    AGNI GROUP

    त्यस्तै बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट  र बा ४ ख ९३५६ नम्बरको बस चालक नुवाकोटको विदुर नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट,  बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र  बा ४ ख ४१० नम्बरको माइक्रो चालक सर्लाहीको बागमती नगरपालिका १ का ३६  वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij