Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगनले मागे छठ आयोजकसँग माफी

गगनले मागे छठ आयोजकसँग माफी

सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी मागेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् ।

    AGNI GROUP

    ‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु’, फेसबुकमार्फत् शुभकामना दिँदै थापाले भनेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु ।’

    उनले अर्को वर्ष एकसाथ छठ पर्व मनाउने अभिलाषासमेत व्यक्त गरेका छन् । ‘अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्,’ महामन्त्री थापाले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij