Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । मंगलबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको तेस्रो शहर रहेको छ ।
अहिले (मंगलबार बिहान सवा ११ बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १६८ रहेको छ । जसलाई अस्वस्थ मानिन्छ । काठमाडौँ भन्दा बढी वायुको स्तर पाकिस्तानको लाहोरको २६० र भारतको दिल्लीको २६८ रहेको छ । वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij