Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ मैतीदेवी पेट्रोल पम्प नजिक बा.२ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । उक्त ट्याक्सीमा अवैध रुपमा सालकको खपेटा ओसार पसार गरी किनबेच गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्दा कालो झोलाभित्र प्लाष्टिकमा लुकाई राखेको उक्त खपेटा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij