Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाउँदै आतंक मच्चाउने दुईजनालाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार नुवाकोट, लिखु गाउँपालिका– ६ घर भई काठमाडौंको नयाँबजारमा बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रे, पनौती– १०, खोपासी घर भई काठमाडौंको क्षेत्रपाटीमा बस्ने एलेक्स नेपाली पक्राउ परेका हुन् ।
उनीहरु क्षेत्रपाटी, ढल्कुबाट पक्राउ परेका हुन् । उनीहरुले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने र समाजमा आतंक फैलाउने काम गरेको प्रवक्ता आचार्यले बताए ।
उनीहरुबाट Model 54 Cal 7.62x25mm 50000098 poly Technologies Inc. China लेखिएको एक थान पेस्तोल, त्यसको एक थान खालि म्यागेजिन, 311-23 लेखिएको १२ राउण्ड गोली बरामद भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij