Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काँग्रेस बैठकमा महाधिवेशन छिटो गर्नुपर्नेमा जोड, भोलि पनि बस्ने

काँग्रेस बैठकमा महाधिवेशन छिटो गर्नुपर्नेमा जोड, भोलि पनि बस्ने

  • काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आजको बैठक सकिएको छ । आजको बैठकमा १५ जना नेताहरूले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।   

    onlinepatrika
    Arghakhachi

    आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, लक्ष्मी खतिवडाले आफ्नो धारणा राखेका छन् ।  

    AGNI GROUP

    यस्तै आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीका साथै प्रदेश सभापतिहरू बागमतीका इन्द्रबहादुर बानियाँ र लुम्बिनीका अमरसिंह पुनले पनि धारणा राखेका थिए ।  

    अब बैठक पुनः भोलि  दिउँसो १ बजे बस्नेगरी आजको बैठक टुंगिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  

    भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

    कांग्रेसमा महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र अन्य पक्षबीच भइरहेको विवादका कारण यो बैठकप्रति सबैको ध्यानकेन्द्रित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् । यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij