Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध

देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध

  • काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । 

    AGNI GROUP

    अवरुद्ध राजमार्ग:

    १- संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

    २- इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

    ३- पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध । 

    ४- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

    ५- काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको

    छ। 

    ६-  रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध । 

    ७ सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

    ८- रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका-१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध । 

    ९- मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

    १०- म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

    ११- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ । 

    १२- डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij