Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफे बाट प्रहरीले चितुवाको छाला सहित दुई महिलालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले मंगलबार राति क्याफेमा छापा मार्दा, रामदेवी श्रेष्ठ (४० वर्ष, काठमाडौं शंखरापुर-६) र मथुरा विक (४६ वर्ष, भक्तपुर चाँगुनारायण-५) लाई पक्राउ गरेको हो ।
रामदेवीको सेतो हाते झोलामा ४.२ फिट लम्बाइ र १.७ फिट चौडाइको रौँसहितको चितुवाको छाला फेला परेको प्रहरीले जनाएको छ । साथै उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाईल र आइटेल कम्पनीको एन्ड्रोइड फोन पनि बरामद गरिएको छ । उनीहरू विरुद्ध वन्यजन्तु चोरी–तस्करीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij