Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल बिक्री भएको खुलासा भएको छ । बिक्रीमा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्ण गुरुङ, राजन देउला, अकबर खान, सुमिन शाक्य र प्रभात मल्ल रहेका छन् । प्रहरीका अनुसार क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij