Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले वन सेवा तर्फका १४ उपसचिवको सरुवा गरिएको छ । प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तह (उपसचिव)का अधिकृतहरूको जिम्मेवारी तोकिएको हो । सरुवा सूचीअनुसार डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौँडामा सरुवा गरिएको छ । डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौँडामा पठाइएको छ ।
त्यस्तै, डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवन, विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर) र रोशना पोखरेललाई डिभिजन वन कार्यालय नुवाकोटबाट डिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी दिइएको छ ।
डिभिजन वन कार्यालय दोलखामा कार्यरत कृष्णराज न्यौपानेलाई डिभिजन वन कार्यालय मरिण सिन्धुली, प्रदीपनाथ शर्मालाई डिभिजन वन कार्यालय नुवाकोट, श्रद्धा सिग्देललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)बाट डिभिजन वन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ ।
मन्त्रालयमा कार्यरत अनिल रेग्मीलाई डिभिजन वन कार्यालय दोलखा, मोहन के.सीलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)बाट मन्त्रालयमा ल्याइएको छ ।
यसैगरी, भू तथा जलाधार व्यवस्थापन कार्यालय धादिङमा कार्यरत प्रदीप नारायण श्रेष्ठलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक, भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा कार्यारत सञ्जीव सुवेदीलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुर र भू तथा जलाधार व्यवस्थापन कार्यालय दोलखामा कार्यरत महेश पौडेललाई भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटमा सरुवा गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेकी डिभिजन वन अधिकृत विमला लम्साललाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीमा पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij