Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली कांग्रेस

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै

  • काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन गर्ने विषयमा बढेको विवाद जारी रहेको समयमा आज केन्द्रीय समितिको बैठक बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    विवादकै बीचमा आज दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् । महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि संस्थापन पक्षले पनि उनलाई काउन्टर दिने गरि कार्यतालिका पेश गर्ने बताइएको छ ।

    AGNI GROUP

    महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच विवाद हुदा यसअघि शुक्रबार र आइतबार बैठक नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो ।

    यसबीचमा भएका विभिन्न छलफलमा संस्थापन पक्षले फागुन २१ को निर्वाचन पछि महाधिवेशन गर्ने अडान लिएका छन् भने महामन्त्रीद्वयसहित इतर पक्षले सकेसम्म छिटो महाधिवेशन गर्नुपर्ने बताउदै आएको छ ।

    कांग्रेसको अहिलेको केन्द्रीय समितिको पदावधि मङ्सिर महिना भित्र सकिदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij