Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् ।  

    onlinepatrika
    Arghakhachi

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलन तीव्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले ९ दलको एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे ।

    AGNI GROUP

    उनले अहिलेको अवस्थामा इमान्दार क्रान्तिकारीहरूले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए । तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरे । 

    आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरे । त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनले जानकारी दिए । आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठन अति जरुरी रहेकाले अव आफूहरूको ध्यान त्यसतर्फ हुने उनले बताए ।

    उनले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापीत नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको उल्लेख गरे । एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जाने बताए ।  

    भुसालले पुनर्गठित पार्टीहरूको ध्रुवीकरण र एकताका आधारमा सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सकिने उल्लेख गरे । उनले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij