Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

नेपाल एयरलाइन्सको अध्यक्षमा विक्रम राई नियुक्त

प्रवक्ताको जिम्मेवारी निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।

  • काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा निगमकै उपाध्यक्ष विक्रम राई नियुक्त भएका छन् । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

    AGNI GROUP

    शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए ।

    त्यस्तै, प्रवक्ताको जिम्मेवारी निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij