Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खैरो हेरोइनसहित दुई जना युवक पक्राउ

खैरो हेरोइनसहित दुई जना युवक पक्राउ

  • काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले बिहीबार साँझ विराटनगर महानगरपालिका–५ पल्टुचोक नजिक हुलाकी सडक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा सुनसरी जिल्ला देवानगंज गाउँपालिका–२ बस्ने १९ वर्षीय विकास कुमार यादव र भारत बिहार पटनिया जिल्ला भीमनपुर निवासी १९ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी टोलीले बीआर ५० आरडी ०२२७ (BR50AD 0227 )नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंका लागेपछि चेकजाँच गर्दा कृष्ण कुमार यादवको साथमा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३.१७ ग्राम फेला परेको हो ।

    बरामद गरिएको खैरो हेरोइनसहित स्कुटर पनि नियन्त्रणमा लिएर दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij