Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संघ र प्रदेशका पदाधिकारीले आज राष्ट्रपति पौडेलसँग भेट गर्ने

संघ र प्रदेशका पदाधिकारीले आज राष्ट्रपति पौडेलसँग भेट गर्ने

  • काठमाडौं । कर्मचारी कटौतीको सरकारीपछि असन्तुष्ट संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले शुक्रबार राष्ट्रपतिसँग भेट गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा जारी छलफल सकिएपछि शुक्रबार दिउँसो साढे ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको तयारी छ ।

    AGNI GROUP

    प्रतिनिधिसभाका सभामुख देवराज रिमालको सचिवालयले राष्ट्रपतिसँग भेटका लागि आज दिउँसो साढे तीन बजेको समय लिइएको जानकारी दियो ।

    संघीय संसद् र प्रदेश सभाका पदाधिकारीले भोलि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गर्दैछन् । प्रधानमन्त्रीलाई निर्णय फिर्ताको लागि दबाब दिन संघ र प्रदेशका पदाधिकारीले संयुक्त भेट गर्न लागेका हुन् ।

    यसअघि गत १७ कात्तिकमा संघीय संसद्का पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए । संघीय संसद्को प्रमुख अंग भएको भन्दै उनीहरूले खर्च कटौतीको नाममा गरिएको कर्मचारी र सुविधा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट