Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्न थाल्यो वायु प्रदूषण

बढ्न थाल्यो वायु प्रदूषण

  • काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

    AGNI GROUP

    त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

    त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

    हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३ पुगेको छ ।

    वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ । तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

    सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij