Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘६ प्रतिशत आरबिबी डिबेन्चर–२०८९’ ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बैंकले कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
दुवै पक्षबिच बिहीबार सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनाल तथा कुमारी क्यापिटलका सिइओ पुष्प शर्माले हस्ताक्षर गरे ।
बैंकले कुल निष्कासन रकमको ६० प्रतिशत अर्थात् १८ लाख कित्ता संस्थागत तथा व्यक्तिगत तवरले बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिने जनाएको छ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधि सात वर्षको रहने बताइएको छ । बैंकले देशभरका तीन सय १० शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij