Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेशमा सत्ताको खेल

एमाले नेता यादवले लिए मुख्यमन्त्रीको शपथ

एमाले नेता यादवले लिए मुख्यमन्त्रीको शपथ

  • काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।

    onlinepatrika
    Arghakhachi

    विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

    AGNI GROUP

    निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन्- मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी  प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।'

    सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij