Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबार क्षेत्रको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा युवक पक्राउ

सिंहदरबार क्षेत्रको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा युवक पक्राउ

  • काठमाडौं । राजधानीमा केही महिनाअघि भएको प्रदर्शनका क्रममा सरकारी संरचना र प्रहरीमाथि आक्रमण, तोडफोड तथा लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार धनुषा बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय शिवम चौधरी यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    २०८२/०५/२४ गते सिंहदरबार तथा संसद् भवन आसपास, प्रहरी वृत्त बानेश्वरको भवन र त्यहाँ रहेका सवारी साधनमा तोडफोड र आगजनी गरिएको थियो। सो क्रममा प्रहरीको युनिफर्म तथा ट्राफिक ‘ह्वील लक’ समेत लुटेर दुरुपयोग गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    यादवले सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै भीडलाई आक्रमणमा उक्साउने अभिव्यक्ति दिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij