Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयाेजित एक समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका राष्ट्रपतिले आज शपथ गराएका हुन् ।
संविधान प्रतिकूल हुनेगरी मधेशमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै विवाद भएपछि सरकारले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ गराएपछि मधेशमा तनाव सिर्जना भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij