Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा अनलाइन जुवा सञ्चालनमा संलग्न २ जना पक्राउ

काठमाडौंमा अनलाइन जुवा सञ्चालनमा संलग्न २ जना पक्राउ

  • काठमाडौं । काठमाडौं प्रहरीले गोप्य सूचनाको आधारमा अनलाइन सट्टाबाजी (जुवा) सञ्चालनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश राज्य, देवरिया जिल्लाका ५५ वर्षीय धर्म नाथ प्रसाद र कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई हाल रूपन्देहीको मायादेवी गाउँपालिका–८ बस्ने २५ वर्षीय राम नन्द यादव रहेका छन् ।

    AGNI GROUP

    दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, २५ गते साँझ ५ बजे सुन्धारा स्थित द माउण्ट फुजी होटलको १०१ नम्बर कोठामा अनलाइन जुवा सञ्चालन भइरहेको भन्ने जानकारी प्राप्त भएपछि खटिएको टोलीले होटलको उक्त कोठामा छापा मारेको थियो ।

    छापामारीका क्रममा प्रहरीले मोबाइल ६ थान, विभिन्न व्यक्तिहरूको चेक ६ थान, हिसाबकिताबको अभिलेख राखिएको नोटबुक १ थान र नेपाली नगद ३७,००० रुपैयाँ बरामद गरेको छ । साथै, विभिन्न व्यक्तिहरूको खातामा २८,४६,०९८.९७ रुपैयाँ समेत जाँच क्रममा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij