Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सबै प्रहरी कर्मचारीहरुले आ–आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्छ । : प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह

सबै प्रहरी कर्मचारीहरुले आ–आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्छ । : प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह

  • काठमाडौं । आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ–आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 
       
    महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक असोक सिंह ज्यूले महानगरीय प्रहरी वृत्त स्वयम्भु कार्यालय र कार्यालयमा कार्यरत प्र.अ।तथा जवानहरूको निरीक्षण गर्नुका साथै हालको अवस्थालाई मध्यनजर गरी के–कसरी कार्य गर्ने,ड्युटीमा खटिएका प्र.क.हरू चुस्त दुरुस्त रुपमा खटिनुका साथै आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ–आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 128902666_1676154205923889_6999353477482760419_n.png

    onlinepatrika
    Arghakhachi

    समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।  

    AGNI GROUP

     प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।123842902_702612767327661_8101579737725040684_n.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट