Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विमानस्थलमा एयरलाइन्सको पोशाक र परिचयपत्र अनिवार्य गर्न माग

विमानस्थलमा एयरलाइन्सको पोशाक र परिचयपत्र अनिवार्य गर्न माग

  • काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई अनिवार्य परिचयपत्र र पोशाक लगाउनुपर्ने विषयमा कडाइ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई परिचयपत्र र पोशाक लगाउनुपर्ने विषय कार्यान्वयनका लागि पत्राचार गरेको छ ।

    AGNI GROUP

    दूरसञ्चार विज्ञ विशाल उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्लमा एयरलाइन्स तथा सम्बन्धित कर्मचारीका लागि अनिवार्य एयरलाइन्सको पोशाक र परिचयपत्र प्रणाली कार्यान्वयन गर्नुपर्ने मागसहित मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

    उनको निवेदन उपर कारबाही गर्दै अनिवार्य पोशाक तथा परिचयपत्र कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लेखिपठाएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट