Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वदेशी लगानीकर्ताको मनोबल उकास्न लगानी प्रवर्धन एवं सुरक्षा नीति ल्याउन चेम्बरको माग

स्वदेशी लगानीकर्ताको मनोबल उकास्न लगानी प्रवर्धन एवं सुरक्षा नीति ल्याउन चेम्बरको माग

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो ।

    AGNI GROUP

    कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्वन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरेका थिए । 

    अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए- 'जसरी विदेशी लगानीकर्ताहरु सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवद्र्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन भने स्वदेशी लगानी कर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्व लगानी प्रवर्धन एवं सुरक्षा नीति ल्याउनुपर्दछ ।’

    भारतमा जीएसटीका दरहरुमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरहरुलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुुपर्ने चेम्बरको माग रहेको छ । 

    यस्तै अध्यक्ष अग्रवालले भारतमा जीएसटीका दरहरुमा भएको व्यापक कटौतीले नेपालमा मूल्य अभिवृद्धिको दरलाई २ दर वा बहुदरमा कायम गर्न अनुरोध गरे । अति आवश्यक एवं विलाशिताका वस्तुहरुमा एकदर कायम रहनु सामाजिक न्यायको दृष्टिकोणले पनि उपयुक्त नहुने उनको भनाई छ ।  

    नकारात्मक सूची बाहेक नेपालमा उत्पादन हुने सवै बस्तुहरुमा अन्तशुल्क हटाउनुपर्ने आजको टड्कारो आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । 

    अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुँदा साना उद्यमी व्यवसायीहरु र सर्वसाधरण आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त बनेकाले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना प्रक्रीया अविलम्व अगाडी बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

    कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए । लगानी मैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजिकरण गर्ने प्रयास भईरहेको उल्लेख गरे । आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिन आफु प्रयासरत रहेको उनको भनाई छ ।

    सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाझो जमिनको सदुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले रेमिट्यान्सलाई सदुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सवल बनाउनुपर्नेमा जोड दिए ।

    पूर्वउपाध्यक्ष राजेशकाजी श्रेष्ठले कर राजश्वका नाममा व्यवसायीले अनावश्यक दुःख पाईरहेको र पलायन हुने अवस्था आउन लागेको बताए । डोईङ विजनेस कष्ट र लजिस्टिक कस्ट उच्च हुँदा समस्या भईरहेको उनको भनाई छ । यस्तै पूर्वउपाध्यक्ष सुरेश बस्नेतले अर्थतन्त्रलाई चलायमान बनाउन रेमिट्यान्सको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए । चेम्बरका बरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए । उनले बैंक तथा वित्तीय संस्थाले लिने बेस रेटमा कम्तिमा शुन्य दशमलव ५ प्रतिशत मात्रै प्रिमियम हुनुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij