Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यासिनोहरुलाई १२ बुँदे निर्देशन

क्यासिनोहरुलाई १२ बुँदे निर्देशन

  • काठमाडौँ । सरकारले क्यासिनोहरुलाई कडाइ गर्न नयाँ निर्देशन जारी गरेको छ । पर्यटन विभागबाट इजाजत पत्र लिइ सञ्चालनमा रहेका क्यासिनोले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेको गुनासो आएको भन्दै नयाँ निर्देशन जारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विभागले क्यासिनो कम्पनीहरुले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५, क्यासिनो नियमावली, २०८२ मा उल्लिखित व्यवस्थाहरु र निर्देशन तथा शर्तहरु अनिवार्य पालना गर्न आग्रह गर्दै १२ बुँदे निर्देशन जारी गरेको छ ।

    AGNI GROUP

    १- सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी ( सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रूपमा पालना गर्नुपर्ने  ।

    २- नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने  ।

    ३- क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी ( सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ मोजिमको विवरण नियमित रुपमा विभागमा पेश गर्ने  ।

    ४- क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरूप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने  ।

    ५- क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सिसिटिभी क्यामरा को अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने  ।

    ६- तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका ( सब कन्ट्र्याक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने  ।

    ७- इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने  ।

    ८- इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभ कर अग्रीम रुपमा कट्टी सोही दिन गर्नुपर्ने  ।

    ९- आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने  ।

    १०-  इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिवन्ध हुने  ।

    ११- क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभुति  ।

    १२- कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने र नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरूस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij