Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

  • काठमाडौं । रौतहटको गौरमा विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गौर नगरपालिका-८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो ।

    AGNI GROUP

    रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

    मौलापुर नगरपालिका-४ पतौरा घर भएर गौर नपा ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij