Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको भएको पुष्टि

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको भएको पुष्टि

  • काठमाडौं । काठमाडौं टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।

    AGNI GROUP

    संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ ।

    उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij