Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् । प्रतिनिधिसभाको फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेलाई तोकिएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय मङ्सिर ७ गतेसम्मलाई तोकेको छ भने प्रतिनिधिसभाका लागि मङ्सिर १० गतेसम्म तोकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij