Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सुर्खेतको काँक्रेविहार जंगलमा सोमबार बिहान मृत अवस्थामा फेला परेका युवायुवतीको परिचय खुलेको छ ।
मृतक युवती वीरेन्द्रनगर–१०, खजुरा निवासी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ निवासी १८ वर्षीय नरेश खत्री रहेको प्रहरीको जनाएको छ ।
काँक्रेविहार नजिकै सोमबार बिहान करिब ११ः३० बजे उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै पुगेर दुवैको सनाखत गरेका छन् । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij