Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अभिनेता धर्मेन्द्रको अन्तिम बिदाइ

अभिनेता धर्मेन्द्रको अन्तिम बिदाइ

  • काठमाडौँ । बलिवुडका प्रसिद्ध अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार भएको छ । सोमबार मुम्बईको विले पार्ले शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    अन्त्येष्टिमा उनका नजिकका आफन्तहरू उपस्थित थिए । ८९ वर्षीय प्रसिद्ध अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिएपछि, विले पार्ले शवदाह गृह बाहिर मिडिया र प्रशंसकहरूको भीड जम्मा भएको थियो ।

    AGNI GROUP

    धर्मेन्द्रको सोमबार दिउँसो स्थानीय समय अनुसार १:२० बजे सनी देओल, बबी देओल, ईशा देओल, श्रीमती हेमा मालिनी र धेरै नजिकका आफन्तहरूको उपस्थितिमा दाहसंस्कार गरिएको थियो ।

    धर्मेन्द्रको अन्तिम बिदाइमा फिल्म उद्योगका धेरै सेलिब्रेटीहरु पनि शवदाह गृहमा पुगेका थिए । धर्मेन्द्रलाई अन्तिम विदाई दिनेहरूमा अमिताभ बच्चन,अभिषेक बच्चन, शाहरुख खान, रणबीर कपूर, दीपिका पादुकोण, गोविन्द, आमिर खान, लेखक सलीम खान, संजय दत्त, अनिल कपूर, निर्देशक रमेश सिप्पी र गायक मिका सिंह जस्ता प्रमुख व्यक्तित्वहरू शवदाह गृह पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट