Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
उनले मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेको भन्दै त्यस कठिन समयमा मानवताको पहिचान भएको बताए ।
उनले जिल्ला प्रहरी परिसर मातहत रहेको १२९ वटा भवनमा आगजनी र तोडफोड भएकोमा गौशला वृत, बालाजु, जनसेवा, बानेश्वरलगायत धेरै कार्यालयहरु स्वस्फुर्तरुपमा सुचारु गरिएको पनि जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij