Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेश जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

विदेश जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क आजदेखि बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको  छ  । 

    onlinepatrika
    Arghakhachi

    तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेको मन्त्रीस्तरको निर्णय अनुसार नयाँ शुल्क संरचना आजदेखि कार्यान्वयनमा आएको हो ।

    AGNI GROUP

    यसअघिसम्म स्वास्थ्य व्यवसायीले श्रमिकबाट ६ हजार ५ सय रुपैयाँ लिन्थे । सरकारले स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउनुपर्ने आवश्यकता औँल्याउँदै परीक्षणका प्रकार ३४ पुर्‍याएको र त्यसअनुसार शुल्क वृद्धि अनिवार्य गरेको हो ।

    सो निर्णय तत्कालीन समयमा विवादमा परेपछि लागू हुन नसकेको भए पनि अहिले विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीहरूले वृद्धि गरिएको शुल्क लागू गर्न थालेका छन्  । 

    नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य व्यवसायीहरूलाई पत्राचार गर्दै ९ हजार ५ सय रुपैयाँकै प्याकेज लागू गर्न निर्देशन दिएका छन् ।

    महासंघका अनुसार सरकारले तोकेको ३४ प्रकारका परीक्षण अनिवार्य रूपमा गर्ने व्यवस्था छ र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर अघि बढाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij