Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल एयरलाइन्सले खाडी मुलुक जाने श्रमिकलाई भाडामा १० प्रतिशत छुट दिने

नेपाल एयरलाइन्सले खाडी मुलुक जाने श्रमिकलाई भाडामा १० प्रतिशत छुट दिने

  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खाडीका विभिन्न मुलुकमा श्रम गर्न जाने नेपालीहरुलाई भाडा छुट दिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल एयरलाइन्सले दमाम, दोहा, दुवई तथ क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिकहरुलाई यात्रामा विशेष छुट दिन दिन लागेको हो ।

    AGNI GROUP

    आज विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले तोकिएको गन्तव्यका उडानमा दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको जनाएको ।

    श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ ।

    ‘नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । श्रमिक यात्रुहरुको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ,’ नेपाल एयरलाइन्सले भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij