Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्रदेश सांसद मल्ल पराजित

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्रदेश सांसद मल्ल पराजित

  • काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी हुँदा मल्ल पराजित भएकी हुन् । अन्तिम मत परिणाम अनुसार कौशिलाले २०४ र हिमकुमारीले २०३ मत पाए । प्रदेश सभा सदस्य मल्लको पक्षमा १११ मत मात्र खस्यो । ११६ मत पाएकी डण्डी कार्की पनि महाधिवेशन प्रतिनिधि चयन हुन सकिनन् ।

    AGNI GROUP

    खुलातर्फबाट नन्दराम देवकोटा र दिनेश चन्द विजयी हुँदै महाधिवेशन प्रतिनिधि चुनिए । देवकोटाले २८१ र चन्दले २५४ मत पाए । खुलातर्फ प्रतिस्पर्धा गरेका टंक प्रसाद ओली १२२ मतसहित पराजित भए ।

    दलिततर्फबाट शसिराम नेपाली र युवातर्फ प्रकाश खड्का विजयी भए । रुकुम पूर्वबाट भने नन्दलाल शर्मा, बागलाल बुढामगर,⁠ भावना बुढाथोकी, ⁠गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि निर्वाचित भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij