Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

मोरङ CDO कार्यालय आगजनी: ६ जना पक्राउ

मोरङ CDO कार्यालय आगजनी: ६ जना पक्राउ

  • काठमाडौं । मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन् ।

    AGNI GROUP

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनीहरुले तोडफोड र आगजनी गरेको आरोप छ ।

    पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रवको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij